हार्दिक अभिवादन।
म, पृथ्वीसुब्बा गुरुङ, समृद्ध, आत्मनिर्भर र आशालाग्दो भविष्यसहितको लमजुङ निर्माणको स्पष्ट परिकल्पनाका साथ प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले) का तर्फबाट उम्मेदवारका रूपमा तपाईंसमक्ष उपस्थित भएको छु।
मेरो प्रतिबद्धता लोकतन्त्रको सुदृढीकरण, समावेशिताको प्रवर्द्धन र समृद्ध लमजुङको निर्माण हो।
आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा आफ्नो अमूल्य मत प्रदान गरी पुन: सेवा गर्ने अवसर दिनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु।
पृथ्वीसुब्बा गुरुङको दीर्घकालीन सोच र लमजुङको विकास ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा नेकपा (एमाले) लमजुङको प्रतिवद्धता ।